नेयमारको गोलमा पीएसजीको लिभरपुल माथी उत्कृष्ट जित

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा पीएसजीले लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुआन बर्नाट र नेयमारले गोल गरे । लिभरपुका लागि जेम्स मिल्नरले एक गोल गरे ।

खेलको १३ औ मिनेटमा बर्नाटको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । ३७ औ मिनेटमा नेयमारले पीएसजीको अग्रतालाई दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खलमा फर्काउने कोशिश नगरेका होईनन् । तर दोस्रो हाफमा थप गोल हुन नसकेपछि पीएसजीले महत्वपुर्ण ३ अंक जोड्यो ।

पीएसज ५ खेलबाट ८ अंक जोड्दै नकआउट चरण प्रवेशको नजिक छ । तेस्रो स्थानको लिभरपुलको ६ अंक छ । उसको समेत अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ । सिरि ए क्लब नापोली ९ अंक सहित समुहको शीर्ष स्थानमा छ ।