नेयमरले ब्राजिलमा कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि १० लाख डलर सहयोग गरेका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमर विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन् ।
नेयमरको प्रदान गरेको यो रकम युनिसेफको चिल्ड्रेन्स फन्ड र आफ्नै साथी लुकानो हन्कले स्थापना गरेको संस्थाले प्रयोग गर्नेछ । गत साता नेयमर आफ्ना केही साथीसँग बिच भलिबल खेलिरहेको तस्बिर बाहिर आएपछि उनको चर्को आलोलना भएको थियो ।
@Kantipur