‘नेमार हाम्रो चिर प्रतिद्वन्द्वी रियलमा गए हामीलाई ठुलो चोट लाग्ने छ’

नेमार पिएसजी छोड्ने क्रममा छन् र उनि बार्सिलोनाका चिर प्रतिद्वन्द्वी रियलमा जाने कुरा चल्दै गरेको छ र उक्त कुरा वास्तविकतामा रूपान्तरण भए बार्सिलोनालाई ठुलो चोट लाग्ने भनेर बार्सिलोनाका मिडफील्डर कार्लस एलेनाले बताए।

पिएसजी छोड्ने निकै नजिक रहेका नेमार बार्सिलोना जाने भन्दा पनि रियलमा जाने सम्भावना बढे पछि उनले एस्तो भनेका हुन्।

‘नेमार आफ्नो चिर प्रतिद्वन्द्वी क्लबमा गए हामी निकै दुखि हुनेछौं, र उनले पहिले नै बार्सिलोना बाट खेली सकेका छन् र यो कुराले झन् बार्सिलोनालाई चोट दिने छ।”- एलेनाले बताए।

“उनि संसारकै उत्कृष्ट खेलाडी मध्ये एक हुन् हुन्, उनि यहाँ बार्सिलोनामा फर्किए निकै उत्कृष्ट कुरा हुने छ”

“तर नेमार हाम्रो चिर प्रतिद्वन्द्वी रियलमा गए हामीलाई अथवा यो क्लबलाई निकै ठुलो चोट लाग्ने छ”