नेमार साइन गर्न रियल म्याड्रिडका प्रतिनिधिहरु पेरिसमा

रियल म्याड्रिडका प्रतिनिधिहरु पेरिसमा पुगेको खबर छ। नेमार साइन गर्न प्रयास गर्दै गरेको रियलले आफ्ना प्रतिनिधिहरु पेरिसमा पठाएको छ। Marcaको अनुसार उक्त प्रतिनिधिहरुहरु पिएसजी संग नेमारको लागि कुरा कानी गर्ने छन् र उक्त बैठकले नेमार कहाँ जाने भने कुराको टुंगो लगाउने छ।

बार्सिलोना पनि नेमारलाई साइन गर्ने प्रयास गर्दै छन् तर बार्सिलोनाको प्रस्तावहरु पिएसजीले अस्विकार गर्दै आएको छ र खबर अनुसार रियल म्याड्रिडले उक्त स्थितिको फाइदा लिन सक्ने छन् र नेमार साइन गर्न सक्ने छन्।

नेमार हाल पिएसजी छोड्ने क्रममा छन् तर उनि अब कुन क्लबमा जाने भने तय भएको छैन उनि बार्सिलोना फर्किने कुरा भए पनि अहिले सम्म केहि सम्झौता भएको छैन र रियल, युभेन्टस जस्ता क्लबले पनि उने माथि चासो देखाएको छ।