नेमार साइन गर्न रियल म्याड्रिडले बेल, हामेस रोडरिगेज र मारियानो बेच्ने

पिएसजी छोड्ने क्रममा रहेका नेमार बार्सिलोनामा जाने भन्दा रियल म्याड्रिडमा जाने सम्भावना बढे संगै रियलले उनलाई साइन गर्न ठुलो प्रयास गर्ने तिर लागि परेको खबर छ।

खबर छ कि रियलले नेमार साइन गर्न अघि बेल, हामेस रोडरिगेज र मारियानोलाई बेच्ने प्रयास गर्ने छ।

नेमारले पिएसजी छोड्ने लगभग पक्का पक्कि छ र उनि बार्सिलोना जाने भने पनि बार्सिलोनाले उनको लागि रकम खर्च नगर्ने खबर आउंदा रियलले उनलाई साइन गर्न सक्ने भएको छ।

उनि रियलको साथमा ला लिगा फर्किने चर्चा हुदै गर्दा रियलले नेमार साइन गर्न अघि आफ्नो ३ खेलाडी बेच्ने भनेर Marcaले खबर गरेको छ।

Marcaको अनुसार रियलले नेमार साइन गर्नु अघि बेल, हामेस रोडरिगेज र मारियानो बेच्ने छ, नेमार भित्राउन रियलले यी ३ खेलाडीलाई क्लब बाट ‘अफ लोड’ गर्ने र रकम जुटाउने छ।

नेमार पिएसजी छोड्ने क्रममा छन् र बार्सिलोना फर्किने हल्ला हुँदै गर्दा दुइ क्लब बीच केहि सम्झौता भने भएको छैन र खबर अनुसार उनलाई साइन गर्ने दौडमा बार्सिलोना भन्दा रियल अगाडी रहेको छ।