नेमार साइन गर्न बार्सिलोनाले ६ खेलाडी सम्म बेच्न सक्ने

नेमार साइन गर्न बार्सिलोनाले आफ्नो ३ खेलाडी पहिले नै बेच्न तयार रहेको छ भने, अर्को ३ खेलाडी पनि बेच्न सक्ने खबर आएको छ । खबर अनुसार बार्सिलोना आफ्ना खेलाडी बेचेर €२५० मिलियन सम्म सङ्कलन गर्न चाहन्छन र उक्त रकम नेमार किन्न उपयोग हुने छ ।

ला लिगा विजेता बार्सिलोनाले यो ६ खेलाडी बेची सकेका छन् भने अजै ६ खेलाडी बेच्ने तयारीमा रहेका छन्। ESPN को अनुसार नेमार साइन गर्न बार्सिलोनाले फिलिपे कॉटिन्हो, म्याल्कोम, रफिन्हा अलकेन्तरालाई बेच्ने घोषणा गरिसकेका छन् र थप ३ खेलाडी इवान राकिटिक, शमूएल उमतीती र आर्टुरो विडाललाई पनि बेच्ने तयारी गरेको छ।