नेमार साइन गर्न बार्सिलोना सुआरेजलाई बेच्न खोज्दै

बार्सिलोनाले नेमार साइन गर्न रकमको को लागि सुआरेजलाई बेच्न प्रयास गरेको खुलेको छ। खबर छ कि बार्सिलोनाले नेमार साइन गर्नको लागि रकम जम्मा गर्न सुआरेजलाई युभेन्टसमा बेच्न खोजेको थियो।

नेमार हाल क्लब छोड्ने प्रकिर्यमा छन् र उनि बार्सिलोनामा फर्किने कुरा हुदै गर्दा उक्त प्रक्रिया भने सजिलो भएको छैन।

रियल म्याड्रिडले पनि उनलाई साइन गर्न खोज्दै गर्दा दुइ क्लब बीच धेरै प्रतिस्पर्धा परेको छ र बार्सिलोना आफ्नो खेलाडी बेचेर भए पनि नेमार फेरी साइन गर्ने खोज्दै गरेको खबर आएको छ।

इटालीको रिपोर्टहरु अनुसार बार्सिलोनाले युभेन्टसलाई सुआरेजलाई बेच्न प्रस्ताव गरेको थियो। युभेन्टस पनि स्ट्राइकरको खोजिमा रहेको थियो र इन्टर मिलानले लुकाकु साइन गरे पछि युभेन्टस अरु स्ट्राइकरको खोजिमा रहे पनि युभेन्टसले सुआरेजमा आफ्नो चासो नरहेको भनेर उक्त प्रस्ताव अस्वीकार गरेको खबर छ।