“नेमार साइन गर्नु बार्सिलोनाको टिम वातावरणको लागि नराम्रो हुने छ”

बार्सिलोनाका लेजेन्द हिस्टो स्टोइकोवले बताए कि बार्सिलोनाले नेमार फेरी साइन गरे गल्ति हुने छ भनेर।

स्टोइकोवले बताए कि नेमारले बार्सिलोनाको लागि केहि नयाँ दिने छैन र उनलाई साइन गरेर बार्सिलोनालाई धेरै फाइदा हुने छैन।


“नेमारको उपस्थिति ड्रेसिंग रूममा नकारात्मक हुने छ” स्टोइकोवले एक अन्तर्वार्तामा भने।

“म उनलाई बार्सिलोनामा फर्केको देख्न चाहन्न, उनले जताततै दबाब मात्र थप्ने छन्”

“कोहि खेलाडी उनलाई बार्सिलोनामा फिर्ता चाहन्छन् तर बार्सिलोना संग रकम पनि धेरै छैन पिएसजीलाई दिन”

“बार्सिलोनालाई नेमारको आवश्यकता छैन, उनलाई खेलौना खाली ठाउँ पनि छैन, नेमार साइन गर्नु बार्सिलोनाको टिम वातावरणको लागि नराम्रो हुने छ”