नेमार संग £९ मिलियनको माग गर्दै बार्सिलोनाले हाले मुद्दा

बार्सिलोनाले गलत कर हिसाबले गर्दा नेमारलाई £९ मिलियन बढी भुक्तान गरेको थियो भन्दै उनि संग सो रकम फिर्ता माग्दै क्लबले नेमार बिरुद्ध मुद्दा हालेको छ।

नेमारले बार्सा छोडे देखि क्लब र उनि बीच कानुनी लडाई चलिरहेको छ। केहि महिना अघि मात्र नेमारले एक मुद्दा हारे पछि बार्सालाई £५.९ मिलियन तिर्न परेको थियो।

हाल, बार्सिलोनाले उनि मत्जी फेरी मुद्दा हालेको छ बार्साको दाबी छ कि उनि क्लबमा हुँदा गलत कर हिसाबको कारण बार्साले उनलाई £९ मिलियन बढी तिरेको थियो र सो रकम फिर्ता लिन बार्सा सक्रिय भएको छ।

एल मुन्डोका अनुसार बार्सिलोनाले नेमारलाई दुई वर्षको समय क्लबमा कर तिर्ने क्रममा अत्यधिक रकम तिरेको थियो।

बार्सा अब विश्वको सबैभन्दा महँगो खेलाडीलाई दिएको रकम पुनः दावी गर्न कोशिश गरिरहेका छन्।