“नेमार वा एम्बाप्पे भन्दा लुकाकुलाई म्यानेज गर्न सजिलो छ”

चेल्सीका कोच थोमस टुचेलले एक अन्तर्वार्तामा आफ्नो पूर्व क्लब पिएसजीको ’bout बोलेका छन्। ला गजेटा डेलो स्पोर्ट सँग कुरा गर्दै टुचेलले आफ्नो नयाँ स्टार लुकाकुको प्रशंसा गरे भने आफ्नो पूर्व क्लबको उनले केही आलोचना गरे।

चेल्सीमा टुचेलको निकै राम्रो फम रहेको छ भने उनको नेतृत्वमा चेल्सीले च्याम्पियन्स लिग र सुपर कप जितेको थियो र हाल टुचेल आफ्नो नयाँ क्लबमा खुसी देखिन्छन् भने उनले पिएसजीका स्टार एम्बाप्पे र नेमारलाई भन्दा लुकाकुलाई म्यानेज गर्न सजिलो रहेको दाबी गरे।

“नेमार वा एम्बाप्पे भन्दा लुकाकुलाई म्यानेज गर्न सजिलो छ,” टुचेलले भने।

चेल्सी र पिएसजी धेरै फरक क्लब रहेको उनले दाबी गरे भने पिएसजीमा फुटबल बाहिरको कुरा पनि आफूले व्यवस्थापन गर्न पर्ने उनले खुलाए र चेल्सीमा आफूले धेरै राम्रो र शान्त महसुस गरेको उनले बताए।

“चेल्सी र पिएसजी शैली र सङ्गठनको सन्दर्भमा दुई पूर्णतया फरक क्लबहरू हुन्।”

“पिएसजीमा, म खेलकुद मन्त्री जस्तो महसुस गर्थे। मैले आफ्नो खेलाडीको परिवारका सदस्यहरू र स्टार खेलाडीहरूको साथीहरूको पनि व्यवस्थापन गर्नु पर्थ्यो।” आफ्नो पूर्व क्लबको आलोचना गर्दै टुचेलले बोले।

“चेल्सी मा, म धेरै शान्तापूर्वक काम गर्दछु,” उनले भने