नेमार र पुमा बीचको सम्झौता अन्य फुटबल खेलाडीहरुको भन्दा धेरै ठुलो

नेमार फुटबल इतिहासको सबभन्दा महँगो फुटबलर हुन्, बार्साबाट पिएसजी उनि £१९८ मिलियनमा गएका थिए र हालसालै उनले फुटबलको सबभन्दा ठूलो व्यक्तिगत प्रायोजन अनुबन्धमा हस्ताक्षर गरेका छन् ।

२८ वर्षीय स्टारले महिनाको शुरूमा नाइकी सँगको साझेदारीलाई समाप्त गरे र उनि र जर्मन ब्रान्ड पुमा बीच सम्झौता भएको छ। उनि १३ वर्षको उमेर देखि नाइकीसंगको सम्झौतामा थिए र हाल पुमासंग नेमारको सम्झौता £२८ मिलियनको रहेको खबर छ जुन अन्य खेलाडी र स्पोर्ट्स ब्रान्ड प्रायोजन भन्दा निकै धेरै रहेको छ।

उदाहरण को लागी मेस्सी र एडिडास बीचको व्यक्तिगत प्रायोजन £१८ मिलियन प्रति वर्ष रहेको छ जुन नेमारको भन्दा £१० मिलियन कम रहेको छ। पोर्तुगलका सुपरस्टारको नाइकी संगको व्यक्तिगत प्रायोजन £१५ मिलियन प्रति वर्ष रहेको छ जुन नेमारको भन्दा £१३ मिलियन कम छ।

पुमा र नेमार बीच भएको उक्त सम्झौताले नेमारलाई स्पोर्ट्स ब्रान्ड संगको सबैभन्दा महँगो व्यक्तिगत प्रायोजन सम्झौता भएको खेलाडी बनाउँछ।

पुमासंगको नेमारको सम्झौता कति वर्षको हो भन्ने कुरा अहिले अस्पष्ट छैन तर ब्राजिलका स्टारको नयाँ प्रायोजन सम्झौता क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको भन्दा निकै धेरै रहेको खुलेको छ।