नेमार र पिएसजी बिच सहमति; २०० मिलियनमा बेच्न तयार

बार्सिलोनामा रहेको एक सञ्चारमाध्यमको रिपोर्टअनुसार नेमारले आफ्नो वर्तमान क्लब पेरिस सेन्ट जर्मेन सँग यदि कुनै क्लबले उनलाई किन्न २०० मिलियन तिर्न तयार भए आफूले पेरिस छाड्न सक्ने सहमति बनाएको बताइएको छ ।

रिपोर्टअनुसार बार्सिलोनाका प्रतिनिधि र नेमारको परिवारको निकट मित्र मानिने आन्द्रे करीले लण्डनमा नेमारका पिता नेमार सिनियरसँग भेटघाट समेत गरेका थिए । उता नेमार पनि बार्सिलोना आउन इच्छुक रहेको बताइएको छ । यद्यपि उनलाई रियल मेड्रिडले पनि तान्न सक्ने कुरामा बार्सा सचेत समेत छ ।

खबरअनुसार नेमारतिरका पक्षले यदि बार्साले उनका लागि २०० मिलियन युरो तिर्न नसके नेमार रियलतर्फ जान सक्ने कुरा पनि स्पष्ट पारेको छ । उता पिएसजी हाल फाइनान्सियल फेयर प्लेको समस्याबाट गुज्रिरहेको छ । साथै क्लबमा उस्मान डेम्बेले पनि छन् । त्यसैले २०० मिलियनको ठूलो रकमले त्यसमा ठूलो अन्तर ल्याउन सक्ने बताईन्छ ।

आफ्नो स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई १०५ मिलियन युरोमा बेचेपछि अहिले रियल मेड्रिड पनि नेमारलाई बर्नबेयु ल्याउनमा निकै इच्छुक छ । नेमार पेरिस गएदेखि नै रियलले उनलाई फेरि स्पेन ल्याउन चाहेको कुरा विभिन्न रिपोर्टहरुले सार्वजनिक गर्दै आईरहेको छ ।