“नेमार र एम्बाप्पे जस्तो खेलाडीहरू पिएसजी भन्दा ठुलो क्लबमा खेल्न पर्छ”

बायर्न सँगको जित पछि पिएसजी च्याम्पियन्स लिगको सेमी फाइनलमा पुगेको छ र यहाँ सम्म को यात्रामा क्लबका स्टार किलियन एम्बाप्पे र नेमारको ठुलो भूमिका रहेको छ।

बायर्न विरुद्धको जितमा नेमार र एम्बाप्पे निकै राम्रो खेल रहेको थियो र दुई स्टारको धेरै प्रशंसा हुँदै गरेको बेला लिभरपुलका लेजेण्ड जेमी क्यारागेरको विश्वास छ कि दुई स्टारहरु पिएसजी भन्दा ठुलो क्लब र फ्रेन्च लिग भन्दा ‘ठुलो लिग’ खेल्नु पर्छ ।

नेमार र एम्बाप्पेको प्रशंसा गर्दै उक्त दुई स्टार अन्य ठुलो क्लबमा खेल्न पर्ने पुर्व लिभरपुल डिफेन्डरले दाबी गरे।

पूर्व लिभरपुल डिफेन्डरले सीबीएस स्पोर्ट्समा भने, “नेमारको विरासत च्याम्पियन्स लिग निर्भर छ।”

“किनभने उनी त्यहाँ गएका हुन्, क्लबले पहिले नजितेको कुरा जित्न र बलोन डि’ओर जित्न।

“बार्सिलोनामा मेस्सीको छायाबाट बाहिर निस्कन पनि उहाँ त्यहाँ जानुभयो, विश्वका सर्वश्रेष्ठ खेलाडीहरू जहिले बलोन डि’ओरको लागि प्रतिस्पर्धा गर्छन् तर उनले त्यहाँ यो जित्न सक्दैनन्।

“यदि पिएसजीले यो वर्ष च्याम्पियन्स लिग जित्यो भने, यो नेमार र एम्बाप्पेको लागि राम्रो हुने छ। यही जित्न उनी गएका थिए।

“तर म उनलाई त्यहाँ हेर्न मन पराउँदिन, मलाई लाग्दैन एम्बाप्पे र नेमारको क्वालिटीका खेलाडीहरू पिएसजीको लागि खेल्नु पर्छ। उनीहरू फ्रान्सेली लीगमा खेल्नु हुँदैन, यो धेरै उत्कृष्ट लिग होइन, औसत लिग हो ।

“त्यस गुणका खेलाडीहरू फ्रेन्च लिगमा खेल्नुहुन्न, यो राम्रो छैन।”