“नेमार र एम्बाप्पेलाई पिएसजी मै राख्न सके सम्म सबै गर्छु”

पिएसजी च्याम्पियन्स लिगको सेमी फाइनलमा पुगेको छ र सो सम्मको यात्रामा क्लबमा नेमार र एम्बाप्पेको ठुलो भूमिका रहेको छ।

दुवै स्टार खेलाडी हाल पिएसजीको लागि महत्त्वपूर्ण खेलाडी बनेका छन् भने दुई स्टार माथि नै अन्य क्लबको नजर रहेको छ विशेष गरी एम्बाप्पे गरी माथि रियल म्याड्रिडको नजर रहेको छ।

दुवै स्टारहरूले क्लब सँग सम्झौता विस्तार गरेका छैनन् भने नेमार बार्सा फर्किने चर्चा हुने गरेको छ भने एम्बाप्पेको नाम रियल र लिभरपुल सँग जोडिने गरेको छ।

हाल सो बारे पिएसजीका कोच मौरिसियो पोचेटिनोले बोलेका छन् र एम्बाप्पेलाई क्लबमा राख्न आफूले सक्ने प्रयास गर्ने उनले बताए।

“एम्बाप्पे रियल मा? म किलियनलाई यहाँ पिएसजीमा राख्नको लागि मेरो सबै शक्तिहरू सँग लड्न टायर छु।”- कोच मौरिसियो पोचेटिनोले दाबी गरे।

“पिएसजी नेमार र एम्बप्पेलाई क्लब मै राख्न हर सम्भव कोसिस गर्दै छ। म पनि यस्तै आशावादी छु कि एम्बाप्पे क्लबमा रहनेछन् । ती दुवै व्यक्तिको क्लबमा ठुलो प्रतिबद्धता छ।”