नेमार रियल मेड्रिड बाट खेल्ने छ – रिभाल्डो

रिभाल्डोका अनुसार पेरिस सेन्ट जर्मेनका चर्चित फरवार्ड नेमार एक न एक दिन रियल मेड्रिड जाने बताएका छन् ।

यी बार्सिलोना लिजेण्डले बेटफेयरसँग कुरा गर्दै भनेका छन्, “तत्कालका लागि उनी (नेमार) पिएसजी मै रहने छन् भनेर म विश्वस्त छु । तर मलाई जे थाहा छ र जस्तो कुराहरु सुनेको छु, ती कुराहरुले मलाई सोच्न बाध्य बनाएको छ कि उनी आज नभए भोली एक दिन पक्कै पनि रियल मेड्रिड जानेछन् ।”

रिभाल्डोले नेमारको यसै समर हुन सक्ने स्थानान्तरणको कुरालाई पनि नकारेका छैनन् । यद्यपि उनका अनुसार यो स्थानान्तरण हुने सम्भावना तत्कालका लागि निकै कम रहेको बताउँछन् ।