“नेमार रियलमा गए उनले बार्सिलोनालाई धोखा दिएको भन्न मिल्दैन”

बार्सिलोनाका पुर्व स्टार रिभाल्दोले नेमार रियल म्याड्रिड जाने कुरा बारे बोलेका छन्। उनले बताए कि नेमार रियल म्याड्रिड गए त्यो विश्वासघात हुने छैन।

२०१७ मा पिएसजी गएका नेमार हाल क्लब छोड्ने क्रममा छन् र उनि बार्सिलोना वा रियल म्याड्रिड जान सक्ने कुरा रहेको छ।

“येदि जिदानले नेमार साइन गर्छन भने म उक्त कुरालाई विश्वासघात हो भनेर विश्वास गर्दिन” – रिभाल्दोले बेटफैर संगको कुराकानीमा बताए।

“नेमारले बार्सिलोना छोडेर पिएसजी गए, अब उनि जहाँ पनि जान सक्छन, उनि बार्सिलोनाबाट रियल गएका हैनन्”

“नेमार जहाँ खुसि हुन्छ तेही जान पर्छ, नेमार बार्सिलोना फर्किन बार्सिलोनाले पिएसजीसंग सम्झौता गर्न पर्छ नेमारको चाहनाले मात्र यो कुरा सम्भव हुदैन” ।