नेमारले पिएसजी संग नयाँ सम्झौता स्वीकार गर्ने पक्का भएको छ। खबर अनुसार पिएसजीले मेस्सी साइन गर्न प्रयास गर्ने कुराले उनको निर्णयमा असर गरेको थियो।
Neymar here ‘preparing’ the announcement for his new contract agreed and set to be signed with #PSG. 🇧🇷
He’s so happy with Leonardo, he appreciates Pochettino and he’s convinced that PSG board will try to sign Leo Messi [but it’s gonna be a long race with Man City… and Barça]. https://t.co/Jdje5WSv32
— Fabrizio Romano (@FabrizioRomano) February 4, 2021
नेमारले नयाँ सम्झौतामा साइन गरे पछि एम्बाप्पेले पनि गर्ने पिएसजीको विश्वास छ भने पिएसजीको योजना नेमार, मेस्सी र एम्बाप्पेको साथ टिम बनाउने रहेको खबर छ।
मुन्डो डिपोर्टिभोका अनुसार, नेमार अर्को सिजन पेरिसमा दुवै स्टार( मेस्सी र एम्बाप्पे) सँग खेल्न चाहन्छन्।
खबर अनुसार पिएसजीले आफ्नो खेलाडीहरूलाई विश्वस्त गराएका छन् कि क्लबले अर्को सिजन मेस्सीलाई साइन गर्ने छ र मेस्सी सँग खेल्नको लागि नै नेमारले पिएसजी संग नयाँ सम्झौता गरेका हुन्।
Conoce el plan del #PSG para juntar a #Messi, #Neymar y #Mbappé https://t.co/4q2LA7e4nG
— StudioFútbol (@StudioFutbol) February 4, 2021
पिएसजी योजना नेमार, मेस्सी र एम्बाप्पेको साथ टिम बनाउने रहेको खुलेको छ। क्लबमा मालिक पनि मेस्सीलाई साइन गर्न उत्सुक छन् भने प्रायोजकहरूले पनि पिएसजीलाई मद्दत गर्ने खबर छ।