“बार्सिलोना एकदमै मिस गर्छु”, भन्छन् नेमार जुनियर

रियल म्याड्रिडबाट नेमारमा धेरै चासोको बावजूद पेरिस सेन्ट-जर्मेनका खेलाडीले भनेका छन् कि यस समरमा फ्रान्स क्लब छोड्ने कुनै सोच छैन।

युरोपियन च्याम्पियनबाट क्रिस्टियानो रोनाल्डो बाहिरिए पछि नेमार स्पेनी राजधानीमा सम्भावित आगमन हुने ठुलो चर्चा थियो ।

“मेरो पीएसजी संग सम्झौता छ र म पेरिसमै बस्ने छु,” उनले आफ्नो भविष्यबारे भने।

सोमबार नेमार बार्सिलोनामा थिए र आफ्नो पुर्व साथिहरु संग भेटघाट पनि गरियो, उनले जेरार्ड पिके संग पोकर खेलेका थिए र आफ्नो पुर्व क्लबको प्रशिक्षण मैदानमा गएका थिए ।

“हो, म बार्सिलोनाको प्रशिक्षणमा गएको थिए”।

“मैले लगभग सबै संग कुरा गरे र एकदमै राम्रो समय थियो, र म बार्सा र मेरो साथिहरु लाई धेरै सम्झन्छु।”