नेमार बिना पिएसजीले बार्सिलोनालाई हराउने पोचेटिनोको विश्वास

बार्सिलोनासँगको च्याम्पियन्स लिग खेलमा जित हासिल गर्न आफ्नो खेलाडीहरूमाथि आफ्नो विश्वास रहेको मौरिसियो पोचेटिनोले बताए।

पिएसजीले च्याम्पियन्स लीगको खेलमा बार्साको सामना गर्दै छ र पहिलो लेगको खेल मङ्गलवार राती क्याम्प नउमा हुँदै छ। पिएसजीले आफ्नो स्टार खेलाडी नेमार बिना सो खेल खेल्ने छ र उनको बिना पिएसजीले बार्सिलोनालाई हराउन सक्ने पोचेटिनोको विश्वास छ।

चोटको कारण नेमारले सो खेल गुमाउने भए पछि पोचेटिनोले सो बारे कुरा गर्दै भने: “पक्कै पनि हामीले कसरी आक्रमण गर्ने र बार्सिलोनालाई कसरी रोक्न सकिन्छ भन्ने बारे केही स्पष्ट संरचनाहरू र विचारहरूको आवश्यक छ।”

“तर हामी हाम्रो खेलाडीहरूले राम्रो काम गर्न सक्ने र राम्रो परिणाम प्राप्त गर्ने सक्नेमा विश्वास गर्दछौँ।”