“नेमार बार्सिलोनामा भन्दा पिएसजीमा धेरै परिपक्व खेलाडी भएका छन्”

नेमारका टिम मेट रफिन्हाले नेमारको प्रशंसा गरेका छन् र उनि पिएसजीमा धेरै परिपक्व खेलाडी बनेको उनको दाबी रहेको छ।

पुर्व बार्सा स्टार रफिन्हा पनि हाल नेमार संगै पिएसजीमा छन् दुवै पुर्व बार्सा खेलाडी हुन् र रफिन्हाले बताए कि नेमार बार्सामा भन्दा पिएसजीमा धेरै परिपक्व भएका छन्।

२०१७मा पिएसजी आएका नेमारबारे रफिन्हाले बोल्दै भने “मैले उनी भित्र बार्सामा भन्दा पिएसजीमा धेरै परिपक्व खेलाडी भेट्टाए।

“नेमार एक उत्कृष्ट खेलाडी हुन्, विश्वको सर्वश्रेष्ठ मध्ये एक। उनीसँग खेल्न पाउनु ठूलो सम्मान हो।”

दुवै खेलाडी पुर्व बार्सा खेलाडी हुन् र २०१३ देखि २०१७मा दुईले बार्सामा संगै खेलेका छन्। दुवै ब्राजिलियन पनि हुन् र राष्ट्रिय टोलीमा पनि दुई जना संगै खेल्ने गर्छन।