नेमार बार्सिलोना फर्किन आफ्नो तलबमा कटौती गर्न तयार – नेमार र बार्सिलोना बीच भएको सम्झौताको पुरा जानकारी

खबर अनुसार नेमार र बार्सिलोना बीच व्यक्तिगत सम्झौता स्वीकार भएको छ, ब्राजिलका सुपरस्टार नेमार बार्सिलोनाले पठाएको सम्झौताले खुसि भएको र दुइ बीच ५ वर्षको सम्झौता हुने खबर रहेको छ। तर खबर अनुसार बार्सिलोना र पीअसजी बीच सम्झौता हुने बाकी छ र उक्त स्थानान्तरण दुइ बीचको शुल्कको सहमतिमा निर्भर हुने छ।


नेमार बार्सिलोना फर्किन आफ्नो तलबको कटौतीमा पनि सहमत रहेको कुरा खुलेको छ। उनि हालै प्रति वर्ष €३६ ।८ मिलियन कमाउछन् र बार्सिलोना जान उनि €१२ मिलियनको कटौतीको लागि सहमत रहेका छन् र कटौतीको कारण उनले प्रति सिजन €२४ मिलियन कमाउने छन्। उनि बार्सिलोना ५ सिजनको सम्झौतामा जाने कुरा छ उक्त सम्झौता अनुसार उनि ३२ वर्ष हुँदा सम्म बार्सिलोनामा रहेने छन्।