“नेयमार बार्सिलोना फर्कन चाहन्छन, तर कुनै पनि सम्झौता भएको छैन” – बार्सिलोना उपाध्यक्ष

बार्सिलोनाका उपाध्यक्ष, जोर्डी कार्डोनरले नेयमार फेरी बार्सिलोनामा फर्किन चाहेको कुराको पुष्टि गरेका छन्।पीएसजीका सुपरस्टार नेयमार अर्को सिजन फेरी बार्सिलोना फर्किने धेरै हल्ला चलेको छ र बार्सिलोनाका उपाध्यक्ष उक्त कुरा साचो रहेको स्वीकार गरेक छन्।


“यो कुरा साचो हो कि नेयमार बार्सिलोना फर्कन चाहन्छन, तर समस्या यो छ कि उ संग क्लबको आधिकारिक कुरा भएको छैन।” – उनले मार्कालाइ बताए।

“यो कुरा कहिँ पुगेको छैन र मलाई थाहा छैन कि यो कुरा केहि फलदायक हुने छ वा छैन भनेर”

उहाले बताए कि नेमार किन्नको लागि बार्सिलोनाले केहि सम्झौता अघि बढाएको छैन।
उनले भने- “नेयमारले बार्सिलोना छोडेको बेलाको धेरै कुराहरु छ जुन मलाई मन परेको थिएन, धेरै नै छन तेस्ता कुुुरा”।

मैले धेरै कुरा सुने नेयमार र बार्सिलोनाको बारेमा येति सम्म कुरा हरु आएको थियो कि नेयमार र बार्सिलोना बीच सम्झौता भैसक्यो, जुन कुरा गलत हो” ।