‘नेमार बार्सिलोनामा फिर्ती आउन चाहन्छन्’

पिएसजी स्टार नेमारले बार्सिलोनालाई आफु आउँदो गर्मीमा फर्कन चाहेको बताएको खबर छ।

खबर अनुसार नेमारले क्याटालान क्लब संग कुरा गरेका छन् र ब्राजिलियन अझै पनि यस गर्मीमा क्याम्प नाउ फर्कन चाहन्छन।

त्यसबाहेक, नेमारले भनेका छन् कि उनी पेरिस सेन्ट-जर्मेन छोड्नको लागि आवश्यक कदम चाल्न तयार छन्, जहाँ दोहाको आदेश मार्फत उनलाई उनको इच्छा विपरीत राखिएको छ।

नेमार बार्सामा फर्कने चाहनामा दृढ छन् र वार्तालापमा फेरि थालनी भएको खबर छ।

यसैबीच, बार्सा अध्यक्ष जोसेप मारिया बार्टोमेयू बेल्जियमका वकिल वाउटर लाम्ब्रेच्टको साथ सम्भावित सबै परिस्थिति मुल्यांकन गर्दै नेमारलाई भित्राउने सम्भावनाको विश्लेषण गर्न सम्पर्कमा रहेका छन्।