‘नेमार बार्सिलोनामा फर्के म धेरै खुसी हुने छु’ -मेसी

बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई खुसी लाग्ने बताएका छन् । उनीले आफुले क्लब छाड्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पारेका छन् ।


सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार पुनः पूर्व क्लब वा स्पेनकै अर्को बलियो टोली रियल म्याड्रिड फर्कन सक्ने अनुमान गरिएको थियो ।

मेसीले नेयमारसँगको पुर्नमिलन कठिन रहेको उल्लेख गर्दै भनेका छन्, ‘यदि त्यो सम्भव भए मलाई खुसी लाग्नेछ । यो कठिन छ । यदि उनी फर्के भने हामीलाई खुसी लाग्नेछ । उनी जस्तो खेलाडी ड्रेसिङ रुमा हुनुको ठूलो अथ छ । हामी साथी छौं । हामीले निकै राम्रा पलसँगै बिताएका छौं,’ मेसीले स्मरण गरे, ‘त्यसमा केहि दुःखत क्षण पनि छन् । तर पनि हामीले लामो समयसँगै बितायौं । उनले पहिलो क्लब छाड्ने विषय हाम्रा लागि सोच्न पनि कठिन थियो । तर उनी गए ।’

३१ वर्षे मेसीले भविष्यमा बार्सिलोना छाड्ने विषय पनि अस्वीकार गरेका छन् । ‘मैले परिवर्तन गर्नुपर्ने केहि छैन । म संसारको उत्कृष्ट टोलीबाट खेलिरहेको छु ,’ मेसीले भने,’ मैले क्लब वा लिग फेर्नुपर्ने कुनै कारण छैन । म घरमा छु र दुनियाँका उत्कृष्ट टोलीमा छु । त्यसैले परिवर्तनको कुनै कारण मैले देखेको छैन ।’