‘नेमार बार्सा विरुद्धको खेल गुमाउन चाहँदैनन्’

पिएसजीका सुपरस्टार नेमारले चोटको करण च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोना विरुद्ध खेल्न पाएनन्। हाल सो खेलको दोस्रो लेग नजिक छ र नेमार सो खेल खेल्न उत्सुक छन्।

हाल नेमार चोटबाट फर्किने क्रममा छन् र उनले च्याम्पियन्स लिगको खेल खेल्न पाउने सम्भावना धेरै राम्रो रहेको छ। उनले शुक्रवार देखि बाँकी टिमसँग प्रशिक्षण सुरु गरेका थिए तर उनले आउँदो लिग खेल भने नखेल्ने कुरा छ।

नेमारको चोट बारे पिएसजीका कोच मौरिसियो पोचेटिनोले सकारात्मक प्रतिक्रिया दिए भने नेमर बार्सा विरुद्धको खेल गुमाउन चाहँदैनन् भनेर उनले दाबी गरे।

सो खेलको पहिलो लेगमा पिएसजीले ४-१को उत्कृष्ट जित हासिल गरेको थियो।