‘नेमार बार्सा फर्किन तलब कटौती स्वीकार गर्न तयार’

पिएसजीका सुपरस्टार नेमार आफ्नो पुर्व क्लब बार्सिलोना फर्किन इच्छुक रहेको स्पेनको फुटबल म्यागेजिन मार्काले खबर गरेको छ।

नेमार बार्साबाट पिएसजी आएका थिए र सो क्रममा उनी संसारको सबैभन्दा महँगो खेलाडी बने। उनी पिएसजी गएको धेरै समय नहुँदै नै उनी फेरी बार्सा फर्किने बारे धेरै चर्चा भएको थियो।

बार्साले पनि उनलाई फेरी साइन गर्न धेरै प्रयास गरे पनि असफल रहेको थियो भने हाल नेमार बार्सा फर्किने चर्चा फेरी भएको छ।

एम्बाप्पे रियलमा जाने चर्चा सुरु भए सँगै नेमार पनि बार्सा फर्किन इच्छुक रहेको खबर छ भने बार्सा फर्किन उनी तलब कटौतीको स्वीकार गर्न इच्छुक रहेको जानकारी छ।

खबर अनुसार पिएसजी सँग आफ्नो सम्झौता अन्त्य भए पछि फ्री एजेन्टको रूपमा बार्सा जाने उनको योजना छ। नेमारले हाल पिएसजी सँग सम्झौता विस्तार गरेका छैनन्।