नेमारको पूर्व एजेन्ट, आन्द्रे क्युरीले नेमारको भविष्यको बारे बोलेका छन्। नेमार २०१७मा बार्साबाट पिएसजी आएका थिए र सो क्रममा उनी सबैभन्दा महँगो खेलाडी पनि बने ।
🗣️ Andre Cury (ex-agent): “If Neymar plays with Messi again, it will be at Barça.” pic.twitter.com/rSImO7FTSj
— Barça Worldwide (@BarcaWorldwide) March 19, 2021
उनी पिएसजीमा गए पछि फेरी बार्सा फर्किने धेरै चर्चा भयो भने बार्साले पनि उनलाई फेरी साइन गर्न प्रयास गरेको कुराहरू खुलेको थियो।
सो चर्चाबारे नेमारका पूर्व एजेन्टले बोलेका छन्। “म १० वर्ष सम्म बार्सिलोनामा थिएँ, मलाई सहरको हरेक कुना थाहा छ, नेमारलाई बार्सिलोना फर्केको देख्न पाए म धेरै खुसी हुने छु,” आन्द्रे क्युरीले एल लिटरलसँगको अन्तर्वार्तामा भने।
“नेमारसँग बार्सिलोनाको खुला ढोका छ, प्रशंसकहरूलाई थाहा छ कि उनले गल्ती गरे र केही समय पछि उनले आफूले पनि सो कुरा भनेका थिए।
🗣 Andre Cury (Neymar’s ex-agent) “I would like to see Neymar again with Messi, but I would much more for it to be in Barcelona. In another team I doubt it can be done. It will be in Barcelona, from where they should never have been separated.” [el litoral]
— FCBarcelonaFl (@FCBarcelonaFl) March 19, 2021
“दुई वर्ष अघि, नेमारले औपचारिक रूपमा मलाई बार्सिलोना फर्कन आग्रह गरे, हामीले प्रयास गरेका थियौँ र हामी धेरै नजिक थियौँ तर यो सफल भएन।
🗣️ Andre Cury: “Laporta is the only one who can reunite Messi and Neymar.”
PS: Andre Curry is an ex-scout for Barça and also Neymar’s ex-agent. pic.twitter.com/9agm3ipRbs
— Barça Worldwide (@BarcaWorldwide) March 19, 2021
“लापोर्टा एक मात्र व्यक्ति हुनुहुन्छ जसले उनीहरूलाई फेरि सँगै ल्याउन सक्छन्, मेस्सीले बार्सिलोना छोड्ने छैनन्, उनले निर्णय गरेका छन् उनको इतिहास बार्सिलोनामा छ र म यसमा निकै स्पष्ट छु।
“नेमार मेस्सीसँग फेरि खेल्नेछन्, तर बार्सिलोनामा।”