बार्सिलोना आफ्नो पुर्व स्टार खेलाडी नेमार आफ्नो क्लबमा फिर्ता ल्याउन इच्छुक छन्।
बार्सा पिएसजीबाट नेमार साइन गर्न आफ्नो स्टार खेलाडीहरु दिन तयार रहेको खबर छ।
खबर अनुसार बार्साले नेमार साइन गर्न पिएसजीलाई एन्टोइन ग्रिज्मानले, डेम्बेले, काउटिन्हो, नेल्सन सेमेडो र शमूएल उम्तिती जस्ता खेलाडी दिन तयार छन्।
पिएसजीले नेमारको हालको मूल्य €१८० मिलियन राखेको छ। बार्साले दुई पटक नेमारको लागि प्रस्ताव पठाएको थियो जुन असफल भएको थियो।
उक्त प्रस्तावमा बार्साले रकितिक इवान राकिटिक र डेम्बेले समावेश गरेको थियो।