“नेमार फिर्ता गर्ने बार्साको मुख्य प्राथमिकता हुनु पर्छ”

बार्सिलोनाका महान रिभाल्डो भन्छन पिएसजीका स्टार नेमारलाई फिर्ता ल्याउनु बार्सको मुख्य प्राथमिकतामा हुनुपर्छ।

उनको विश्वास छ कि क्लबसँग पेरिस सेन्ट-जर्मेन अगाडि यथार्थवादी प्रस्ताव राख्न खर्च गर्ने शक्ति छ।

“वर्तमान समयमा लाउतारो मार्टिनेज समाधान होइन, नेमार सधैं बार्सिलोनालाई बलियो पार्नका लागि मेरो प्राथमिकता हुनेछन्,” रिभाल्डोले भने।

“मलाई लाग्छ कि बार्साले उनलाई फिर्ता ल्याउन पर्छ र आक्रमण लाइनलाई पुनर्निर्माण गर्नुमा केन्द्रित हुनु आवश्यक छ।

“बार्सिलोनाले नेमारका लागि अहिले वित्तीय प्रयास गर्नुपर्दछ, विशेष गरी पिएसजी यथार्थपरक प्रस्तावहरू स्वीकार गर्न तयार भएको जस्तो देखिएको छ, त्यस्तो हस्ताक्षर जोखिमपूर्ण हुनेछैन।”