नेमार पीएसजीको लागि नयाँ सिजन निरन्तर नगर्ने योजनामा

ब्राजिलियन स्टार खेलाडी नेमार ब्राजिलियन क्लब सान्तोषबाट २०१३ मा स्पेनको बार्सिलोना आएका थिए। ४ वर्ष पछि २०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा पीएसजी पुगेका थिए। पूर्न फेरि नेमार बार्सिलोना फर्कनँ प्रयासमा छ।

पीएसजीमा रहेका ब्राजिलियन स्टार खेलाडी नेमारको नयाँ सिजन के हुने भन्ने अझै टुंगो लागेको छैन। पीएसजी, बार्सिलोना र नेमार आआफ्नै योजनामा लागिरहँदा एकीन निर्णय हुन सकेको छैन्।

नेमार पीएसजीमा नयाँ सिजन निरन्तर नगर्ने योजनामा लागेका छन्। उनको रोजाइँ बार्सिलोनामा केन्द्रित छ। पीएसजी पनि उनलाई क्लब छाड्न दिन तयार छ तर सम्झौता अघि बढ्न भने सकेको छैन। नेमारको नयाँ सिजनमा के हुने भन्ने अन्योलमा परेका छन्।

नेमार भने अगस्ट १० अघि नै आफ्नो नयाँ सिजनको निर्णय गर्ने योजनामा रहेको र उनले पीएसजीमा कुनै हालतमा निरन्तरता नदिने उल्लेख गरेका छन्।

पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले नेमारको व्यवहार टिमको लागि नराम्रो हुदै गहिरहेको बताए।