नेमार पिएसजीमै रहने

पिएसजीका स्टार नेमार बार्सिलोनामा जाने कुरा टुक्रिएको खबर छ। क्यतालान क्लबले नेमारलाई £२३६ मिलियन बराबरको सम्झौतामा साइन गर्ने प्रयास गरे पनि सफल नभएको खबर छ।

प्रस्तावमा बार्सिलोनामाले £१८२ मिलियन रकमको साथमा इवान राकिटिक, तोडिबो र डेम्बेले समावेस गरेको थियो।

पिएसजी उक्त प्रस्तावमा चासो दिए पनि डेम्बेलेको पिएसजीमा लोनमा जाने इच्छा नरहेको खबर आएको थियो र सोहि कारण क्लब सम्झौतामा पुग्न झन् गारो भएको खबर छ।

THE SUNको अनुसार नेमारले आफ्नो सम्झौतामा रहेको समय पिएसजीमै बिताउने भनेर भनेका छन् र पिएसजीले उनलाई बेच्न प्रयास बन्द गरेको खबर छ र उनि पिएसजीमै रहने खबर आएको छ।