नेमार पनि कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि

पिएसजीका सुपरस्टार नेमार कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। कोरोनाभाइरसबाट संक्रमित उनि पिएसजीका तेस्रो खेलाडी हुन्- लियान्ड्रो परदेस र एन्जेल डि मारियाको रिपोर्ट पनि पोजिटिभ आएको थियो।

तीनै खेलाडीहरुलाई इबिजामा संक्रमित भएको खबर छ र ३ खेलाडीहरुले कम्तिमा एक हप्ता को लागि क्वारेन्टिनमा बस्न बाध्य हुनेछन।

संक्रमित सबै खेलाडी च्याम्पियन्स लिग फाइनल पछि इबिजाको स्पेनी टापुमा बिदामा गएका थिए। लियान्ड्रो परदेस र एन्जेल डि मारियामा कोरोनाभाइरस देखा परे पछि नेमारलाई पनि परीक्षण गरिएको थियो र हाल नेमार पनि कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।