“नेमार एक अल्छी खेलाडी”- जिदान

रियल म्याड्रिडका कोच जिनेडिन जिदानले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई नेमार साइन नगर्न आग्रह गरेको खुलासा भएको छ।

फ्लोरेन्टिनो बार्सिलोनाका पूर्व स्टारलाई स्पेनमा फिर्ता ल्याउन उत्सुक थिए – र पिअसजी स्टारका बाबुसँग नियमित सम्पर्क राखेका थिए। तर नयाँ पुस्तक-, ‘PSG: Change or Die’ मा खुलासा गरिएको छ कि जिदानले सिजनको सुरवातमा नेमार साइन गर्न बाट रियललाई रोकेका थिए

यो कुरा प्रकट भएको छ कि जिदानले फ्लोरेन्टिनोलाई उनको ‘नेमार’ योजनाहरु छोड्न र २०२० मा नेमारको टिममेट काइल्यान एमबाप्पेलाई म्याड्रिड ल्याउन केन्द्रित गर्न आग्रह गरे।

यो दाबी गरिएको छ कि जिदानले क्लब अध्यक्षलाई: नेमार ‘अल्छी खेलाडी’ भएको बताए।

उनले भने “म येस्तो खेलाडी चाहन्न जो काम गर्दैन र केवल आफ्नो प्रतिभा मा निर्भर गर्दछ।”