नेमार आफ्नो पुर्व टोली भेट्न बार्सेलोनामा, किन गए बार्सेलोना?

बार्सिलोनामा सोमबार एक विशेष अतिथिको रूपमा नेमार प्रशिक्षणमा आफ्ना पुराना साथीहरु लाइ भेटेको देखियो ।

नेमार पोकर टूर्नामेंटको लागि शहरमा आएका हुन, जुन टूर्नामेंट सोमबार राति आयोजित हुने छ, जसमा जेरार्ड पिकेले पनि भाग लिनेछन् ।

भ्रमणको क्रममा, नेमारले आफ्ना पूर्व सहयोगीहरूको साथमा धेरै फोटो खिचे र तिनीहरूलाई सोशल मिडियामा सेयर गरे । गत सिजन बार्सेलोना बाट पेरिस सेन्ट-जर्मेन गएका खेलाडीको अझै पनि आफ्ना पुर्व खेलाडीहरु संग को सम्बन्ध उति कै राम्रो र बलियो छ ।