‘नेमारले रोनाल्डोको स्थान लिन्छ’ – मेस्सी

स्पेनिस क्लब रियल मड्रिड अहिले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थान लिन सक्ने खेलाडीको खोजीमा छ । रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्स गएपछि रियल उनको प्रतिस्थापनको खोजीमा रहेको छ ।

तर, बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले भने रोनाल्डोको स्थान लिन सक्ने खेलाडी पत्ता लगाई सकेका छन् ।

स्पेनिस पत्रिका डन बालोनका अनुसार मेस्सीले रियलमा रोनाल्डोको स्थान बार्सिलोनाका पुर्व फरवार्ड नेयमारले लिने बताएको उल्लेख गरेको छ ।

मेस्सीको उक्त भनाई आएसंगै रियलले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्ने तयारी गरिरहेको समेत पत्रिकाले जनाएको छ । नेयमारका लागि रियलले ३ सय मिलियन युरो तिर्न तयार रहेको समेत जनाईएको छ । मेस्सीको यो भनाई शंका मात्र नभएर सत्य हुन सक्ने समेत जनाईएको छ । नेयमार र मेस्सी निकै असल साथी रहेको हुँदा धेरै रहस्य बाहिर आउने पत्रिकाले उल्लेख गरेको छ