नेमारले रियल सँगको च्याम्पियन्स लिग खेल पनि गुमाउन सक्ने

चोट ग्रसित रहेका नेमारको अनुपस्थिति पेरिस सेन्ट-जर्मेनका लागि ठुलो समस्या भएको छ र च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्न ब्राजिलियन स्टार समयमै फिट नहुने सम्भावनाले फ्रेन्च क्लबलाई चिन्तित बनाएको छ।

पेरिसको क्लबमा अझै पनि लियोनेल मेस्सी र केलियन एम्बाप्पे छ, तर च्याम्पियन्स लिग जस्तो महत्त्वपूर्ण खेलमा नेमार पनि टिममा हुनु पिएसजीको लागि ठुलो फाइदा हुने छ।

आरएमसी स्पोर्टले प्रकाशित गरेको रिपोर्ट अनुसार नेमारको एंकलको चोट निको हुन अझै समय लाग्ने छ र रियल म्याड्रिड विरुद्धको पहिलो लेगको लागि उनी समयमै फर्कन नसक्ने सम्भावना निकै धेरै रहेको जानकारी छ।

चोटको प्रारम्भिक अनुमान वास्तविक भन्दा नराम्रो रहेको खबर थियो, नेमार अझै पनि सान्टियागो बर्नाबेउमा दोस्रो लेगको लागि समयमै फर्किने भने विश्वास गरिएको छ। नेमार नोभेम्बर २८ देखि मैदान बाहिर छन्, तर मुख्य खेलहरूमा भूमिका खेल्न उनी चोटबाट चाडै फर्किने प्रयासमा छन्।

नेमारले पहिले पनि च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरू चोटको कारण गुमाएका छन् । यसअघि रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडसँगको च्याम्पियन्स लिगको नकआउट खेल उनले चोटको कारण गुमाएका थिए।