नेमारले मार्सेलीका खेलाडी अल्भारो गोन्जालेजले आफु प्रति (जातीय) भेदभाव हुने शब्द प्रयोग गरेको दोष लगाए थिए र अल्भारो गोन्जालेज उक्त आरोपलाई अस्वीकार गर्दै नेमारले उनको तलब बारे मजाक उडाएको आरोप लगाएका छन्।
Alvaro Gonzalez says Neymar told him “he won in one day what I earn in a year” during their clash in Le Classique 👀 pic.twitter.com/tn0UPPpuhN
— Goal (@goal) October 6, 2020
पेरिस सेन्ट जर्मेन र मार्सेली बीच भएको खेल निकै नावपुर्ण बनेको थियो र खेलमा मार्सेलीले पिएसजीलाई उसकै घरेलु मैदानमै १-० ले पराजित भएको थियो।
अल्भारो गोन्जालेजले सो आरोप सत्य नरहेको बताए र नेमारले आफ्नो तलब उनको भन्दा धेरै रहेको भनेर मजाक उडाएको आरोप नेमारलाई लगाए।
“नेमारले मलाई भने कि मैले एक वर्षमा कमाउने तलब उनले उनले एक दिनमै कमाउने गर्छन” स्पेनिश डिफेन्डरले ओन्डा सिरोलाई भने।
The player Neymar accused of hurling racist insults at him has once again denied the Brazilian’s accusations, this time saying the Paris Saint-Germain superstar mocked him about his salary too. #SLInt
Read more: https://t.co/nkpi4MRn0r pic.twitter.com/DV3Y9oie9r
— Soccer Laduma (@Soccer_Laduma) October 6, 2020
“मैले उनलाई भने कि म मेरो तलबबाट धेरै खुसी छु। नेमारको पूरा खेल त्यो दिनको दुर्भाग्यपूर्ण थियो, उत्तेजनाले भरिएको थियो।
“मैले कुनै जातीय अपमान गरेको छैन, म मेरो फुटबल क्यारियर र आफुलाई अपमानित हुन दिँदिन । नेमारलाई मबाट कुनै चीजको आवस्यक छैन, न मेरो सम्मान न अरु केही।
“हामीले नराम्रो समय बिताइरहेका थियौं, केवल मलाई मात्र होइन, मेरो परिवार र अरू धेरै। यदि मैले उसलाई केही भनेको भए, यो सबै क्यामेरामा देखा पर्न सक्थ्यो।”