ब्राजिलियन सुपरस्टार नेमारले ब्राजिलको ग्रुप स्टेजको बाँकी खेलहरू चोटको कारण गुमाउने रिपोर्ट छ।
Neymar (ankle) is out of Brazil’s remaining group games but is expected to return for the knockout stage, reports @geglobo pic.twitter.com/uQ6n3kjDn5
— B/R Football (@brfootball) November 25, 2022
सर्बियाविरुद्धको खेलमा नेमार माथि ९ पटक फाउल भएको थियो भने ६९ औँ मिनेटमा उनी माथि खतरनाक फाउल भएको थियो जसको कारण उनको दुवै खुट्टाको एन्कलमा चोट लागेको थियो।
चोट लागे पनि १० मिनेट सम्म उनले खेले भने खेलको ७९औँ मिनेटमा उनलाई कोचले मैदान बाहिर निकाल्ने निर्णय लिए।
हाल खबर अनुसार उक्त चोटको कारणले नेमार ब्राजिलको बाँकी ग्रुप चरणको खेल गुमाउने छन्। ब्राजिलले समूह जीमा स्विट्जरल्याण्ड र क्यामरुन विरुद्ध खेल्ने छ भने उक्त दुई खेल नेमारले चोटको कारण गुमाउने रिपोर्ट आएको छ।
BREAKING: Brazil forward Neymar and defender Danilo are out of the group stages with injuries #FIFAWorldCup https://t.co/Wl2t9Z8A0d
— Sportstar (@sportstarweb) November 25, 2022
ग्रुप स्टेज पछिको खेल सम्म उनको चोट निको हुने खबर छ भने राउन्ड अफ १६को खेलको लागि उनी उपलब्ध हुने आसा गरिएको छ। २०१४को विश्वकपमा पनि नेमार चोट ग्रसित हुन पुगेका थिए भने सो बेला उनको धारमा चोट लागे पछि उनले सेमी फाइनलको खेल गुमाएका थिए र उनको चोट निको हुन धेरै समय लागेको थियो।
त्यस्तै गरी, ब्राजिलका राइट-ब्याक ड्यानिलोले पनि समूह चरणको बाँकी खेल गुमाउने अपेक्षा गरिएको छ । स्टार राइट ब्याकको पनि खुट्टाको समस्या भएको थियो ।