“नेमारले बार्सिलोनासँग २-३वटा च्याम्पियन्स लिग जित्न सक्थे”

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले पिएसजीका ब्राजिलियन स्टार नेमारको प्रशंसा गरेका छन्। सिटीले च्याम्पियन्स लिगको सेमी फाइनलमा पिएसजी र नेमारको सामना गर्ने छ र सिटीका कोच गार्डियोलाले उनको प्रतिभाको प्रशंसा गरे।

गार्डियोला पहिलो पटक २०११को क्लब विश्वकपमा नेमारको सामना गरेका थिए त्यो समय नेमार केवल १९ वर्षका थिए।

त्यसो समयमा नै, गार्डियोलालाई थाहा थियो कि नेमार एक स्टार हुनेछन् – र पेपको विश्वास छ कि ब्राजिलियन स्टारले २०१७मा बार्सा नछोडेको भए उनले धेरै उपाधि जित्ने थिए।

“मलाई सान्तोस विरुद्धको खेल याद छ, सबै खेलाडीहरूको खेलबाट चकित थिए । एक दर्शकको रूपमा उनलाई हेर्न पाउँदा म खुसी थिए।

“उनीको काँधमा ब्राजिलको जिम्मेवारी छ र १० नम्बरको शर्ट लगाउन सजिलो छैन।

“म निश्चित छु कि उहाँ बार्सा मै रहनुभएको भए उनले २-३वटा च्याम्पियन्स लिग अझै जित्न थिए।”