नेमारले पिएसजी सँग सम्झौता विस्तार गर्ने- च्याम्पियन्स लिग जिते ठुलो बोनस पनि पाउने

पिएसजीका ब्राजिलियन स्टार नेमार क्लब सँग सम्झौता विस्तार गर्न धेरै नजिक रहेको इटालियन रिपोर्टर फाब्रिजियो रोमानोको दाबी छ। पिएसजी उनलाई क्लब मै राख्न धेरै इच्छुक छ भने उनलाई नयाँ सम्झौता अनुसार बोनस रकमहरू पनि पिएसजीले दिने छ।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार नेमार पिएसजी सँग नयाँ सम्झौता गर्न धेरै नजिक छन्। उनको नयाँ सम्झौता २०२६ सम्म हुने छ भने पिएसजीले आउँदो वर्षहरूमा च्याम्पियन्स लिग जिते नेमारलाई ठुलो बोनस दिने पनि सम्झौतामा रहेको छ। नयाँ सम्झौता अनुसार उनले प्रति सिजन €३० मिलियनको तलब पाउने छन्।

नेमारले क्लब छोड्ने धेरै चर्चा थियो भने क्लब सँग उनको सम्झौता विस्तार पनि भएको थिएन तर हाल पिएसजी उनलाई क्लबमा राख्न धेरै प्रयास गर्दै गरेको र सफल हुन नजिक रहेको जानकारी छ।

नेमार बार्सा फर्किने पनि धेरै हल्ला हुँदै गर्दा फ्रेन्च क्लब उनलाई क्लब छोड्नबाट रोक्न सबै प्रयास गर्न तयार रहेको देखिन्छ भने च्याम्पियन्स लिगलाई पनि पिएसजीले आफ्नो प्राथमिकता बनाउने कुरा छ।