नेमारले पिएसजी छोडे, पिएसजीले डिबाला र एरिकसेन साइन गर्न सक्ने

अर्जेन्टिनी स्टार डिबाला पिएसजीमा जान सक्ने भएको छ। इयान म्यागेरीको अनुसार सारी प्रशिक्षकमा रुपमा युभेन्ट्स पुगेदेखि नै डिबालाले क्लब छोड्न सक्ने सम्भावना थियो ।

२५ वर्षे फरवार्ड यसअघि म्यानचेस्टेर युनाइटेड र टोटेनहम जाने चर्चा चलेको थियो । यद्दपी त्यो सम्झौता हुन सकेन । तर, उनले क्लब छाड्ने सम्भावना भने अझै रहेको बताइएको छ । किनकी ट्रान्फर विन्डो अझै केहि दिन खुला रहेकोले डिबाला युभेन्ट्सबाट पिएसजी जाने सम्भावना छ ।

सुपर स्टार नेमार बार्सिलोना जाने सम्भावना बढेपछि डिबाला पिएसजी जान सक्ने अनुमान गरिएको छ । म्यागेरीको भनाई मान्ने हो भने डिबालाका एजेन्टले पनि डिबाला पिएसजी जाने सम्झौता भएको स्वीकार गरेका छन् । नेयमार भने पिसएजीबाट स्पेन जाने लगभग तय छ ।

‘ मैले प्राप्त गरेको सुचना अुनसार युभेन्ट्सको परिवर्तित खेलाडीका रुपमा रहेका डिबाला पेरिस जाने बलियो सम्भावना छ ,’ उनले भने, ‘डिबालाका एजेन्ट र दाजुका अनुसार पिएसजीसँगको सम्झौताको सहभागित भइसकेको छ । यद्दपी त्यसका लागि नेयमार स्पेन जानुपर्नेछ । ‘

एरिकसेन पनि क्लब छोड्ने क्रममा छन् उनि रियल जाने हल्ला भए पनि नेमारलाई पिएसजीले बेचे उनलाई पिएसजीले साइन गर्ने खबर रहेको छ।