नेमारले पिएसजी छोडे, एम्बाप्पे पिएसजीको सबै भन्दा बढी कमाउने खेलाडी बन्ने

पिएसजी काइलियन एम्बाप्पेलाई क्लबको सबै भन्दा बढी कमाउने खेलाडी बनाउने तयारी गरेको खबर आएको छ। नेमारले पिएसजी छोडे उक्त रकम बाट पिएसजीले एम्बाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने खबर आएको छ।

नेमारले पिएसजी छोड्ने लगभग पक्का भए पछि एम्बाप्पेले नयाँ प्रस्ताव पाउने भएको छ। नेमारले पिएसजी छोडे क्लबमा €३० मिलियन प्रति वर्ष बच्ने छ जुन नेमारले पाउने गर्थ्यो र उक्त रकमको उपयोग गरेर पिएसजी एम्बाप्पेलाई €५० मिलियन प्रति वर्षको प्रस्ताव दिने छ र सम्झौता भए एम्बाप्पे पिएसजीको सबै भन्दा बढी कमाउने खेलाडी बन्ने छन्।