नेमारले टोकियोमा हुने ओलम्पिक खेल्न नपाउने

पेरिस सेन्ट-जर्मेनले आफ्नो खेलाडीहरूलाई यो गर्मीको ओलम्पिक खेलको लागि टोकियो जान नदिने भए पछि नेमारले यो वर्षको ओलम्पिक खेल्न नपाउने भएका छन्। हाल ब्राजिल सँग कोपा अमेरिका खेल्दै गरेका नेमार जापानमा ओलम्पिक पनि खेल्न इच्छुक थिए।

ब्राजिलले ओलम्पिकमा फुटबलमा खेल्ने आफ्नो टिमको घोषणा गरेको छ उक्त टिममा ड्यानियल एल्वस जस्तो अनुभवी खेलाडी रहेका छन् तर पिएसजीका सुपरस्टार नेमार र मार्क्विनहोस भने टिम छैनन्।

युरो २०२० र ब्राजिलको कोपा अमेरिकामा तीनै खेलाडीहरूको संलग्नता पछि खेलाडीहरूलाई आराम चाहिने पिएसजीको तर्क रहेको छ । ओलम्पिकमा खेल्नुको मतलब कुनै छुट्टी वा क्लबको प्रि-सिजनमा उक्त खेलाडीहरू सामेल हुन पाउने छैनन्। नेमार र मार्क्विनहोले २०१६मा ओलम्पिकमा खेलेका थिए जसको कारण दुई खेलाडीले आफ्नो क्लबको प्रि-सिजन टुरहरू मिस गरे।

ओलम्पिक प्रतियोगिता २१ जुलाईदेखि अगस्ट ७ सम्म आयोजित हुनेछ र यो आधिकारिक फिफा प्रतियोगिता नरहेको कारण क्लबहरू आफ्नो खेलाडीहरूलाई जान दिन बाध्य छैनन् जसको कारण पिएसजी नेमारलाई ओलम्पिक खेल्न रोकेका छन्।

फ्रान्सका स्टार एम्बाप्पे पनि ओलम्पिक खेल्न इच्छुक थिए तर उनले पनि ओलम्पिक खेल्न नपाउने भएका छन्। लिग १को नयाँ सिजन ६ अगस्टमा हुने छ भने त्यो भन्दा अगि पिएसजीले प्रि-सिजन टुर र खेलहरू खेल्ने छ।