नेमारले उल्टै बार्सिलोनालाई €६.७ मिलियन तिर्नुपर्ने

पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई €६.७ मिलियन तिर्नुपर्ने भएको छ ।

नेयमारले सन् २०१६ मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएपछि बार्सिलोनाले बोनसस्वरुप €४३.६ मिलियन तिर्नुपर्ने मागसहित अदालतमा मुद्दा हालेका थिए । तर अदालतले नेयमार उल्टै क्लबलाई €६.७ मिलियन तिर्नुपर्ने फैसला गरेको हो ।

सन् २०१७ अगस्टमा नेयामारले मुद्दा दायर गरेका थिए । सन् २०१६ मा पीएसजी जानुअघि उनले बार्सिलोनासँग सम्झौता नविकरण गर्दा बोनस माग गरेका थिए ।

क्लबले बारम्बार खेलाडीले क्लब छोडे बोनस नदिने बताएपनि नेयमार र उनका एजेन्ट समेत रहेका पिताले भने क्लबलाई कारवाहीसम्मको माग राखेका थिए ।