नेमारले गरे यस्तो हास्यास्पद पास (VIDEO)

नेमार आफ्नो अतुलनीय कौशल र उत्कृष्ट बायाँ खुट्टाको प्रतिभाको लागि परिचित छन् तर बुधवार पिएसजीको खेलमा देखाए कि उनले आफ्नो शरीरको बाँकी भागबाट पनि खेल्न सक्छन, विशेष गरी उनको पछाडीको भाग ।

लिग १ च्याम्पियनले स्टडे रेम्सलाई लिग कप ३-० पराजित गर्यो, उक्त खेलमा नेमारले पिएसजीको लागि एक गोल असिस्ट पनि गरे ।

तर धेरै चर्चाको विषय भने उनले आफ्नो पछाडीबाट गरेको एक हास्यास्पद पास बनेको थियो।

उनको त्यो पास सामाजिक संजालमा धेरै भाइरल बनेको छ र धेरै ले उक्त पासको ट्रोल र मिम बनाए।

पिएसजीले उक्त खेल ३-० ले जित्यो र जित संगै पिएसजी लिग कपको फाइनलमा पुगेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ