नेमारले आफ्नो यस्तो उत्कृष्ट स्किलहरुले म्यान्चेस्टर युनाइटेडका डिफेन्डरहरुलाई हैरान गरे

म्यान्चेस्टर युनाइटेडबिरुद्धको ३-१को जितमा नेमारको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो। सो खेलमा उनले २ गोल गरेका थिए भने उनलाई रोक्न युनाइटेडका डिफेन्डरहरुलाई धेरै गार्हो भएको थियो।

पहिलो लेगमा पिएसजी युनाइटेड संग २-१ले पराजित भएको थियो र दोस्रो खेलमा युनाइटेडबिरुद्ध जित्ने लक्ष्यको साथ खेल्ने नेमारको दाबी थियो र उनले सो पुरा पनि गरेका छन्।

उक्त खेलमा नेमारको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो भने उनको उत्कृष्ट स्किलहरुको मजा पनि फ्यानहरुले लिन पाए भने उनको उत्कृष्ट स्किल र मुभले म्यान्चेस्टर युनाइटेडका डिफेन्डरहरुलाई हैरान गरे।

ब्राजिलियन खेलाडीहरु आफ्नो स्किल र मोभहरुको लागि प्रसिद्ध हुने गर्छन र ब्राजिलियन स्टारले च्याम्पियन्स लिगको खेलमा आफ्नो सो ढंगको स्किलहरु देखाए जसले खेल झन् रोचक र रमाइलो भएको थियो।