नेयमारले आफ्नो पुर्व टिममेटलाइ भने ‘चिन्ता नलिनु, म क्याम्प नाउमा फेरी फर्कने छु’

नेयमारले बार्सिलोनाका खेलाडी तथा आफ्नो पुर्व टिममेटलाइ ‘चिन्ता नलिन’ सन्देश गरेको खबर आएको छ। खबर अनुसार उनले आफ्नो पुर्व टिममेटलाइ भने “चिन्ता नलिनु, म क्याम्प नाउमा फेरी फर्किने छु”। ब्राजिलियन सुपरस्टार नेयमार अर्को सिजन फेरी बार्सिलोना फर्किने हल्ला चल्दै गर्दा उनको उक्त सन्देशले धेरै फ्यानहरुलाइ उत्साहित बनाएको छ।

यो पनि पढ्नुहोस:- यो क्लबको लागि फेरी कहिले पनि खेल्न मन छैन, पेरिस आएको केहि हप्तामै मलाई यो ठाउँ राम्रो लाग्न छाड्यो

 

Per Masnou का अनुसार अर्को सिजन नेयमार बार्सिलोना फर्किन चाहँनछन् र उनि आश्वस्त छन् कि अर्को सिजन उनि स्पेनिस च्याम्पियनको लागि खेल्ने छन् र खबर छ कि उनले आफ्नो इरादा पीएसजी र बार्सिलोनालाइ बताई सकेका छन्।