नेमारले आफ्नो चोटको फोटो सामाजिक संजालमा पोस्ट गरे

नेमारले आफ्नो सुनिएको खुट्टाको फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्। कतार बिरुद्धको खेलमा उनि चोटग्रस्त हुन पुगेका थिए। खेलको पहिलो हाल्फ़मा उनि माथि कतारी खेलाडीले फौल गरे पछि २७ वर्षका नेमारको दाहिने खुट्टाको जोर्नीमा चोट परेको थियो।

अहिले ब्राजीलको चिकित्सा टोलीले पुष्टि गरेको छ कि उनको हड्डी जोड्ने तन्तुहरु बिच्छेद भएको छ र उनले कोपा अमेरिकाको खेल खेल्ने छैनन्।

“नेमार अहिले फूटबल खेल्ने हालतमा छैनन् र कोपा सम्म उनको चोट निको हुने संभावना छैन”- ब्राजीली फुटबल संघ

पूर्वी बार्सिलोना खेलाडीले आफ्नो खुट्टामा चोट को कारणले सुनिएको फोटो इंस्टाग्राममा सार्वजनिक गरेका थिए।