नेमारले आफूलाई पास नदिएको भनेर एम्बप्पे रिसाए पछि

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मोन्टपेलिएरमाथि २-०को जित हासिल गरेको थियो भने उक्त खेलमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरेको थियो। हाल उक्त खेलमा भएको एक घटनाको चर्चा धेरै हुँदै गरेको जसमा एम्बाप्पे र नेमार समिल रहेका छन्।

खबर अनुसार उक्त खेलमा एम्बाप्पेले नेमारको ’bout गुनासो गरेका थिए र नेमारले आफूलाई पास नगरेको उनले आरोप लगाएको जानकारी छ। दोस्रो गोल हुनु अगाडी उनी सब्सीट्यूट भएका थिए र बेन्चमा उनी आक्रोशित देखिन्थे भने सो बेला उनले नेमारले आफूलाई पास नदिएको भनेर आफ्नो टिम मेटहरूलाई गुनासो गरेको खबर छ।

खबर अनुसार एम्बाप्पेले बेन्चमा फ्रेन्च भाषामा “नेमरले मलाई पास दिदैन।” भनेर गुनासो गरेका थिए। हाल उक्त क्षणको भिडियो भाइरल हुँदै गरेको छ।

उक्त खेलमा भने पीएसजीले घरेलु मैदानमा मोन्टपेलिएरमाथि २–० को सहज जित निकालेको हो । पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो ।

खेलको १४औँ मिनेटमा इड्रिसा गाना गुआईको गोलमा पीएसजीले अग्रता लिएको थियो । ८८औँ मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीको जित पक्का गरे । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।

जितपछि पीएसजीको ८ खेलबाट २४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ७ खेलबाट १४ अंक छ । जुन १० अंकले पछि हो । पराजित मोन्ट पेलिएर ९ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।