नेमारलाई साइन गर्न रियलका अध्यक्ष पेरेजको इच्छा – छिटो साइन गर्न जिदानलाई दबाव

रियलका म्याड्रिडका अध्यक्ष, फ्लोरेंटिनो पेरेज नेमार साइन गर्न धेरै आतुर रहेको कुरा आएको छ र खबर येति सम्म छ कि उनले कोच जिदानलाई दबाव दिंदै आएका छन्।

खबर छ कि पेरेज विश्वास गर्दा छन् कि रोनाल्डोको अनुपस्थितको कारण क्लबले गुमाएको मार्केटिंग फाइदा, फ्यानहरु र मीडियाको ध्यान नेमारको मदतले फिर्ता पाउन सकिन्छ र उनि नेमारलाई छिटो भन्दा छिटो रियलमा देख्न चाहन्छन।

पेरेजले नेमारलाई साइन गर्न इच्छा देखाए पनि कोच जिदान पोग्बा साइन गर्न चाहन्छन्। येही कुरा लिएर पेरेज र जिदान बीच तनाव हुने गरेको छ र पेरेजले जिदानलाई दबाव दिदै आएका छन् ।

नेमार पिएसजी छोड्ने क्रममा छन् र उनि बार्सिलोना फर्किने कुरा भए पनि अरु क्लबले पनि उनि माथि चासो देखाउँदै आएको छ।